नियम ४
सूचनामा खुलाउनु पर्ने
विवरण दाखिल गर्नु पर्ने कर्तव्य भएका जग्गा धनी र किसान मध्ये कुनै एकले मात्र यी नियमहरू बमोजिम विवरण दाखिल गरेमा र अर्को पक्षले विवरण दाखिल नगरेमा ऐनको दफा ५ को उपदफा (३) बमोजिम हुने कुरा उखडा सम्बन्धी अधिकारीले नियम ३ को उपनियम (१) बमोजिम प्रकाशित गरिने सूचनामा खुलाउनु पर्छ ।